जनचेतना की यौन प्रवर्द्धन ? महाराष्ट्रमा रबरको लिंगबारे बहस « Khabarhub

जनचेतना की यौन प्रवर्द्धन ? महाराष्ट्रमा रबरको लिंगबारे बहस


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय स्वास्थ्यकर्मीले जनचेतना अभिवृद्धि गर्न प्रयोग गर्ने परिवार नियोजनको किटमा रबरको लिंग राखिएको विषयलाई लिएर भारतको महाराष्ट्र राज्यमा विवाद चर्किएको छ ।

रबरको लिंगको नमूनाका कारण परिवार नियोजनका सामग्रीको किट बोक्न महिला स्वास्थ्य कार्यकर्तालाई अफ्ठ्यारो पर्ने विपक्षी सांसदहरुले तर्क गरेका छन् । तर, सोही लिंगका नमूना यसअघि पनि कुनै झन्झटबिना नै प्रयोग गरेको केही कार्यकर्ताहरुले बताएका छन् ।

किटमा रबरको पाठेघर पनि समावेश छ । तर, यसलाई लिएर कुनै विवाद गरेको देखिदैन । भारतको प्राथमिक र सामुदायिक स्वास्थ्य कार्यक्रममका महत्वपूर्ण हिस्सेदार ठहरिएका मान्यताप्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ता (आशा) लाई किट प्रदान गरिएको थियो ।

उनीहरुले प्रजनन स्वास्थ्यबारे घर घरमा मानिसहरुलाई शिक्षित गर्नेदेखि परिवार नियोजनका साधनहरुको प्रयोगबारे चेतना फैलाउनेलगायतका काम गर्छन् । अझै पनि भारतका धेरै भागहरूमा यौनलाई सामाजिक कलंंकको रुपमा हेर्ने गरिएका कारण यस्ता विषय निकै संवेदनशील मानिन्छन् ।

महाराष्ट्रमा लिंग मोडलका परिवार नियोजनका करीब २५ हजार किट स्वास्थ्यकर्मी र ग्रामिण स्वास्थ्य केन्द्रमा वितरण गरिएको राज्यको स्वास्थ्य विभागकी अधिकारी डा. अर्चना पटिलले जानाकारी दिइन् ।

राज्यको बुल्दान जिल्लाबाटबाट यसबारे नकारात्मक टिप्पणी आएको उनको भनाइ छ । प्रजनन स्वास्थ्यबारे बोल्न अन्कनाउने मानिसहरुका अगाडि लिंग र गर्भाशयको नमूना बोक्नु लाजमर्दो भएको केही कार्यकर्ताले बताएका छन् । तर, त्यो आफ्नो रोजगारीको अंश भएको उनीहरु बताउँछन् ।

यद्यपि सो नमूना प्रयोग गर्न कसैलाई पनि बाध्य नपारिएको डा. पटिल बताउँछिन् । ‘स्वास्थ्यकर्मीहरूलाई यी मुद्दाहरूको बारेमा खुलेर बोल्न अप्ठ्यारो लाग्छ भने कसरी काम हुन्छ ?’ उनले प्रश्न गरिन् ।

तर, भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध सांसदहरुले भने त्यसको विरोध गरेका छन् । महाराष्ट्रमा भने भाजपा प्रतिपक्षमा छ । बुल्दानबाट प्रतिनिधित्व गर्ने भाजपा सांसद आकाश फुन्दकरले ती किट फिर्ता लिएर स्वास्थ्यकर्मीसँग माफी माग्नुपर्ने माग गरेका छन् ।

राज्यका भाजपा पार्टी उपाध्यक्ष चित्रा वाघले सरकारले ‘यौन भोग’ लाई प्रबद्र्धन गरेको आरोप लगाएकी छिन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १२ : ०५ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका