ल्याबमा ’ह्यारी कि प्यारी’ « Khabarhub

ल्याबमा ’ह्यारी कि प्यारी’


१० चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र ’ह्यारी कि प्यारी’ को छायांकन सकिएको छ । साढे दुई दशकदेखि लण्डनको दन्त चिकित्साको क्षेत्रमा लोकप्रियता कमाएका डा. कपिल रिजालको निर्देशनमा तयार भइरहेको रोमान्टीक कमेडी फिल्म ह्यारी कि प्यारीको इन्ड–क्ल्याप गर्दै छायांकन सकिएको बताइएको छ । छायांकन सकिएलगतै फिल्म पोस्ट प्रोडक्सनका लागि ल्याब छिरेको छ ।

पर्वतबाट सुरु गरिएको फिल्मको छायांकन करिब डेढ महिनामा सकिएको निर्देशक डा. रिजालले जानकारी गराएका छन् । एक समयमा फ्याम्ली ड्रामा बनाएर दर्शकको मनमा स्थान बनाएका निर्माता तथा गायक एवं गीतकार डा. भोला रिजालको बीआर प्रोडक्सनको ब्यानरमा दुई दशकको अन्तरालपछि ’ह्यारी कि प्यारी’ निर्माण भएको हो ।

लण्डनमै रहेर अंग्रेजी भाषाका सर्ट फिल्महरू गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका कपिलको फिचर फिल्म भने ’ह्यारीकि प्यारी’ डेब्यु हो । फिल्ममा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह शीर्ष भूमिकामा छन् । फिल्ममा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रूपमा देखिने छन् ।

जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् ।

फिल्ममा पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ । फिल्म रिलिजबारे केही बताइएको छैन ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार  १२ : १७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको