नेपालसँगै भारतमा पनि प्रदर्शन हुँदै ‘प्रेमगन्ज’ « Khabarhub

नेपालसँगै भारतमा पनि प्रदर्शन हुँदै ‘प्रेमगन्ज’


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्म ‘प्रेमगन्ज’ भारतमा पनि प्रदर्शन हुने भएको छ । 

चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौताअनुसार नेपाल रिलिजकै दिन ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरहरुका १०० भन्दा धेरै स्क्रिनमा एकसाथ प्रदर्शन हुने भएको छ ।

पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोश्रो चरणमा भारतका अन्य ठूला पनि प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । भारतमा ‘प्रेमगन्ज’ अङ्ग्रेजी सबटाइटल सहित  नेपाली भाषामै प्रदर्शन हुनेछ । फिल्मलाई भारतमा ड्रिम्स थिएटर मोसन पिक्चरका सञ्चालक  म्याबो ह्यङ्गले अल इन्डिया वितरण गर्न लागेका हुन् । 

फिल्म राम्रो बनेको र ईन्डियामा पनि नेपाली फिल्मको बजारको सम्भावना ठूलो रहेको र यो चलचित्रले राम्रो कमाई गर्नेमा आफू विश्वस्त रहेको म्याबो ह्यङ्गले बताए । यस फिल्मलाई छिमेकी मुलुक भारतको ठुलो बजारसम्म लैजानका लागि कालिङपोङका कलाकार अनुज शर्मा र सिक्किमका कलाकार अमीर मेघीले सहजीकरण गरेका हुन ।

 परिच्छेद सेनको निर्देशनमा बनेको फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ भने कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : २३ बजे

याङ्गोद्वारा ड्राइभरलाई पुरस्कारसहित सम्मान

काठमाडौं– याङ्गो राइड नेपाल मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला

देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

सोलुखुम्बु– प्रधानमन्त्री सुशीला कार्कीले  हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी फागुन

सिन्धुलीमा आशिष गजुरेलले रास्वपाबाट टिकट लिनुअघि हरिबोलसँग गरेका थिए सल्लाह

काठमाडौं– सिन्धुली-२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को टिकट वितरणको

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

एजेन्सी– सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार