स्थानीय चुनावमा सुरक्षा चासो, चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल « Khabarhub

स्थानीय चुनावमा सुरक्षा चासो, चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार चार वटै सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल सहभागी भएका थिए ।

छलफलमा युद्धकार्य निर्देशनालयका निर्देशकले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरूसँग समन्वय गर्नुपर्ने विषयहरूका बारेमा प्रस्तुतिकरण दिएका थिए ।

सबै सुरक्षा निकायका प्रमुखहरूबीच स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट सुरक्षा निकायहरूलाई प्राप्त जिम्मेवारीहरू आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : ४३ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण