जग्गा अधिग्रहण गर्न नसक्दा रोकियो विमानस्थल विस्तार « Khabarhub

जग्गा अधिग्रहण गर्न नसक्दा रोकियो विमानस्थल विस्तार


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग गरिएको छ ।

विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । विमानस्थलका नाममा ५२ बिघा जग्गा मात्रै रहेको छ । ‘विमानस्थललाई विस्तार गर्न वरिपरि रहेको निजी, सार्वजनिक जग्गा, नेपाली सेनाका नाममा रहेको जग्गा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा गरी ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ’, नगर प्रमुख पदम बोगटीले भने, ‘विमानस्थल निर्माणको कार्यलाई अगाडि बढाउन सम्बन्धित पक्षसँग सहजीकरणका लागि अगाडि बढाइरहेका छौँ ।’

उक्त जग्गा विमानस्थलका नाममा रहनेगरी आवश्यक सहयोग र सहजीकरणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको समेत ध्यानाकृष्ट गरिएको उनले बताए। विसं २०३६ देखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वका बेला सुरक्षाका कारण देखाउँदै विसं २०५६ देखि बन्द रहेको छ ।

पश्चिमी प्रवेशद्वार भारतको राजधानी नयाँ दिल्लीबाट ३०० किलोमिटरको दुरी र भारतको औद्योगिक नगर रुद्रपुरबाट १५० किलोमिटरको दुरीमा विमानस्थल पर्दछ । विमानस्थल निर्माण भएमा भारतीय पर्यटकलाई तान्न सकिने नगर प्रमुख बोगटीको भनाइ छ ।

यसअघि विमानस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहबीच त्रिपक्षीय सम्झौता गरिएको थियो । मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा–चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सम्झौता गरिएको थियो।

विमानस्थल निर्माणका लागि कान्छाराम-केएस-उमा एन्ड कम्पनीसँग तीन वर्षमा विमानस्थलको निर्माणका कार्य पूरा गर्नका लागि रु ४५ करोड ६६ लाख ७१५ मा ठेक्का सम्झौता भई कार्य अगाडि बढाइएको छ ।

हाल विमानस्थलमा रहेको एक हजार मिटर र राष्ट्रिय निकुञ्जसँगैको रत्न बाटिका र नेपाली सेनाको खेल मैदान रहेको ६६२ मिटर गरी एक हजार ६६२ मिटरमा धावनमार्ग निर्माण गरिने योजना रहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : १८ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा