एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्राचार गर्न माधव नेपालको आग्रह « Khabarhub

एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्राचार गर्न माधव नेपालको आग्रह


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता साझेदार दल एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भन्दै तत्काल अमेरिकालाई पत्राचार गर्न आग्रह गरेका छन् ।

एक महिनाअघि सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेको भए पनि हालसम्म यसबारे औपचारिक रुपमा अमेरिकालाई जानकारी नगराएपछि सदनदेखि सडकसम्मबाट सरकारको आलोचना भइरहेका बेला अध्यक्ष नेपालको उक्त अभिव्यक्ति सार्वजनिक भएको हो ।

काठमाडौँमा आइतबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपीमा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे ।

यसबारे केही दिनअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले प्रधानमन्त्री देउवालाई तत्काल अमेरिकालाई पत्राचार गर्न आग्रह गरेको उनको भनाइ छ ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेको थियो । तर, परराष्ट्र मन्त्रालयले एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाएको छैन । पत्राचार गर्ने विषयमा छलफल भइरहेको मन्त्रालयले बताउँदै आएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : ३२ बजे

किसानसँग कोटाभन्दा बढी धान खरिद

बाँके– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

ऐजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष

मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध

काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन

नेपाल मेडिकल काउन्सिल निर्वाचनः मतगणना जारी, उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा अग्रस्थानमा

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका

तमु ल्होसारले बन्धुत्वको भावना अभिवृद्धिमा मद्दत पुग्छ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता र