अब दलहरूले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन : मन्त्री चौधरी | Khabarhub Khabarhub

अब दलहरूले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन : मन्त्री चौधरी


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरूले मानसिकता बदल्न जरुरी भएको बताएका छन् ।

नेपाल नगरपालिका संघले आइतबार होटेल र्‍याडिसनमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘जनताले खासखास ठाउँहरुमा प्रमुख दलहरूलाई चुनौती दिएका छन् । यो राम्रो पनि हो । अब पनि दलहरूले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन । हामी अब सुध्रिन जरुरी छ । हाम्रा व्यवहारहरू सुध्रिनु जरुरी छ,’ मन्त्री चौधरीले भने ।

प्रतिरक्षात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले मेयर उपमेयरहरूलाई भने, ‘तपाईँहरू जनताका घरघरसँग जोडिनुभएको छ । साँचो अर्थमा संघीयता कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । अब पनि मेयर उपमेयर भएर जनतालाई थर्काउने, पुलिसलाई थर्काउने, काममा ढिलाइ गर्ने र भ्रष्टाचारमा रम्ने हो भने जनताले सहँदैनन् । तपाईँहरू दलका प्रतिनिधि हुनुहुन्छ । दलहरूको औचित्य पुष्टि गर्नुस् ।’

अहिले जनताको मानसिकता बदलिसकेकाले जनप्रतिनिधिबाट उनीहरूले धेरै आशा र अपेक्षा गरेको उनले बताए । मन्त्री चौधरीले थपे, ‘म सुध्रिन्छु, तपाईँहरू पनि सुध्रिनुस् । म गलत गर्दिनँ, तपाईँहरू पनि गलत नगर्नुस् ।’

सहरी विकास मन्त्री चौधरीले भौगोलिक, आर्थिक, सामाजिक एवं विविध कारणले पछाडि परेका नगरपालिकाहरूलाई समान ढङ्गले विकासको मार्गमा अघि बढाउन मन्त्रालय तयार रहेका बताए । हरेक नगर पालिकामा कम्तीमा ३ जना अर्बन प्लानरको व्यवस्था गरेर व्यवस्थित सहर बनाउने उनले  आफ्नो योजना समेत सुनाए ।

अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका नवनिर्वाचित मेयर, उपमेयर एवं प्रशासकीय अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ५ : ४९ बजे

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पत्ति बेपत्ता

पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक