कोलकातामा भानुभक्त जन्मजयन्ती मनाइयो « Khabarhub

कोलकातामा भानुभक्त जन्मजयन्ती मनाइयो


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- कोलकातामा बसोबास गर्ने नेपाली समुदायले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती मनाएका छन् । नेपाली जनकल्याण समितिको आयोजनामा आज आयोजित कार्यक्रममा सहभागी वक्ताले संस्कृत भाषालाई नेपाली भाषामा आदिकविले अनुवाद गरी नेपाली भाषाको विकास गर्न योगदान पु¥याएको चर्चा गरे ।

पश्चिम बङ्गालका समन्वयमन्त्री अरुप रायले कोलकाताको नजिकै रहेका हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई आदिकवि भानुभक्तको नामबाट नामकरण गर्ने घोषणा गर्दै आदिकविको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समितिका अध्यक्ष बद्रीविक्रम थापाले विगत २५ वर्षदेखि आदिकविको स्मरणमा जन्मजयन्ती गर्दै आएको बताए । उनको सम्झनामा बिहानी पत्रिका २३ वर्षदेखि प्रकाशन गरिएको जानकारी दिए।

संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घको उपसभापति नरविक्रम थापाले नेपाली भाषा, साहित्य र संस्कृतिलाई संरक्षण गर्न आफू क्रियाशील रहेको बताए। आयोजक संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार धर्मराज बरालले विश्वभरका नेपालीलाई एकताबद्ध गरी जोड्ने काम आदिकविले गरेको चर्चा गरे । भानुभक्तको योगदानलाई अन्तर्राष्ट्रिय तहमा प्रचार गर्नुपर्ने बरालले बताए ।

सो अवसरमा मन्त्री रायले बिहानी पत्रिका विमोचन गरे भने सोही कार्यक्रममा विद्यार्थी आशा उपाध्याय बरालले आदिकविको सम्झनामा कवितावाचन गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : ५२ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु