उपचारका लागि विदेश जाने क्रम हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

उपचारका लागि विदेश जाने क्रम हटाउनुपर्छ : अध्यक्ष तिमिल्सिना


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुणस्तरीय उपचार सेवा प्राप्त गर्न विदेश जाने क्रम हटाउनुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज आयोजना गरेको ‘कोभिड–१९ महामारी तथा जनस्वास्थ्यका विषय’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले मुलुकमै सञ्चालित स्वास्थ्य संस्थामा आवश्यक उपचार पाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा बताएका हुन् ।

‘यहाँ अन्य मुलुकको तुलनामा राम्रो उपचार सेवा प्रदान गरिन्छ भन्ने कुरा सम्पूर्ण नेपालीको मनस्थितिमा जगाउन जरुरी छ । अन्य देशमा उपचार सेवा लिन जाँदा रकम बाहिरिन्छ’, अध्यक्ष तिमिल्सिनाले भने। आम नागरिकले आफ्नो स्वास्थ्यमा ध्यान दिन र कोभिड–१९ सङ्क्रमणबाट बच्न विगतमा जस्तै अनिवार्य रुपमा मास्क प्रयोग तथा खोप लगाउन जरुरी रहेको उनको धारणा थियो ।

समितिका सभापति दिलकुमारी रावल थापाले स्वस्थ्य नागरिक तथा सबल राष्ट्र निर्माणका लागि आम नागरिकले उतरदायित्वका साथै जवाफदेहिताको पालना गर्न जरुरी रहेको बताइन । यस्तै स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले सन् २०३० सम्ममा मुलुकमा १५ देखि २० हजार स्वास्थ्यकर्मी आवश्यक रहेको उल्लेख गर्दै यसका लागि मन्त्रालय अघि बढ्न जरुरी रहेको बताए ।

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ०० बजे

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ