'नेवाः सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छ'  | Khabarhub Khabarhub

‘नेवाः सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छ’ 


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राजधानीको नेवाः संस्कृति र सम्पदा संरक्षण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन वर्तमान सरकार लागिपरेको बताएका छन् । नेवार समुदायको राष्ट्रिय सङ्गठन नेवाः देय् दबुले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू दरबार क्षेत्र जाने दुई दशमलव दुई किमी सम्पदा ट्रेल निर्माण गरी पर्यटक आकर्षित गर्न लागिएको बताए ।

राजधानीमा रात्रिकालीन पर्यटन प्रवर्द्धन, मूर्त, अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको उनले सुनाए । शङ्खधर साख्वा राष्ट्रिय पुरस्कार स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता पनि कार्यक्रममा मन्त्री श्रेष्ठले बताए । ‘काठमाडौँ शहरको कला, संस्कृति र सम्पदाको जगेर्नाका साथसाथै यससँग आबद्ध स्थानीय समुदायको आयआर्जन हुने उपाय पहिल्याउने प्रयासमा लागेको छु’, –उनले भने । 

सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले  संविधानमा भएको व्यवस्थाअनुसार स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र खडा गर्ने प्रस्तावलाई आफूले अघि बढाएको जानकारी दिँदै अहिले अर्थ मन्त्रालयमा त्यो प्रस्ताव विचाराधीन रहेको बताए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बालबालिकालाई मातृभाषा सिक्न मद्दत पुग्ने बालमैत्री श्रव्यदृश्य सामग्री बनाउने तयारी महानगरपालिकाले थालेको जानकारी गराए । नेवाः देय् दबूका संरक्षक मल्ल के सुन्दरले सङ्गठनको केन्द्रीय नेतृत्वले देशभर रहेका आफ्ना शाखा उपशाखालाई सक्षम नेतृत्व प्रदान गर्न सक्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा अध्यक्ष पवित्र बज्राचार्य, महासचिव सत्यनारायण डङ्गोललगायतले नेवाः जातिको संस्कृति संरक्षण गरी पर्यटक आकर्षित गरेर आर्थिक उन्नति गर्न सकिने भएकाले तीनै तहका सरकारको ध्यान यसतर्फ जानुपर्नेमा जोड दिए । सो अवसरमा मन्त्रीद्वय श्रेष्ठ र महानगरपालिकाका उपप्रमुख डङ्गोललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

धरान महाधिवेशनबाट नियुक्त सल्लाहकार एवं संरक्षकहरू तीर्थराम डङ्गोल, मल्ल के  सुन्दर, प्रा डा. गीताभक्त जोशी, मुक्ति प्रधान, डा पुष्पराज राजकर्णिकार, डा महेशमान श्रेष्ठ, प्रा डा त्रिरत्न मानन्धर, त्रिरत्न शाक्य, सुवर्णकेशरी चित्रकार, दीनेश श्रेष्ठ, राजेन्द्र मल्ललगायतलाई नियुक्ति पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ५ : ३६ बजे

मेलम्चीको ‘पाइप लाइन’ काम शीघ्र पूरा गर्न निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी

मुख्यमन्त्री लामाबाट चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

काठमाडौं– चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको

रविको भनिएको तस्बिरबारे कास्की प्रहरीले भन्यो– ‘अनुसन्धान भइरहेको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरी

म्याग्दीको किवीले बजार पाएन

म्याग्दी– धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुपन्छी फार्मका सञ्चालक