यस वर्ष औसतभन्दा कम वर्षा « Khabarhub

यस वर्ष औसतभन्दा कम वर्षा


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौँ उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भएपनि मधेश प्रदेश र काठमाडौँ उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ ।

यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश समय सरदरभन्दा दक्षिण कोलकोता तल रहँदा जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा उत्तरतर्फ प्रवेश नगर्दा नेपालमा वर्षा कम भएको विभागका मौसमविद् हीरा भट्टराईले जानकारी दिए ।

काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका केही स्थानमा सदरभन्दा बढी वर्षा भए पनि अघिल्ला वर्षमा जस्तो देशभर चार–पाँच दिनसम्म लगातार झरी नपरेको मौसमविद् सञ्जीव अधिकारीले बताए । नेपालमा सामान्यतया जेठ अन्तिमदेखि मध्यअसोजसम्म करिब ११० दिन मनसुनी हावा प्रवेश भई वर्षा हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ५ : ४५ बजे

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन