श्रीलङ्काद्वारा थप ३०० वस्तुमा आयात प्रतिबन्धको घोषणा | Khabarhub Khabarhub

श्रीलङ्काद्वारा थप ३०० वस्तुमा आयात प्रतिबन्धको घोषणा


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३०० भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ ।

आर्थिक सङ्कटका कारण मुलुकमा महिनौँदेखि आवश्यक वस्तुको अभाव सिर्जना हुने गरेको छ । आर्थिक सङ्कटका कारण सुरू भएको देशव्यापी आन्दोलनको बलमा तत्कालीन राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्युत गरिएको थियो ।

राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उनी सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजिनामा घोषणा गरेका थिए । उनी अहिले थाइल्याण्डमा छन् भने उनी स्वदेश फर्कन चाहेको उनको पार्टीले जनाएको छ ।

गत जुलाईमा राजापाक्षलाई पदबाट हटाएपछि राष्ट्रपति रनिल विक्रमासिङ्घेले विदेशबाट श्रीलङ्कातर्फ आयात हुने घरेलु उपकरण र खेल सामग्रीलगायतका सामानमा प्रतिबन्ध लगाएका थिए ।

दुई करोड २० लाख जनसङ्ख्या भएको दक्षिण एशियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ । केन्द्रीय बैंकले गत साता विदेशी मुद्राको अभाव कम हुँदै गएको घोषणा गरेसँगै नयाँ प्रतिबन्ध लगाइएको हो ।

यद्यपि, श्रीलङ्काको अर्थतन्त्र यस वर्ष अपेक्षा गरिएभन्दा ८ प्रतिशतले खुम्चिने र सेप्टेम्बरसम्ममा मुद्रास्फीति ६५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

विदेशी मुद्राको अभावका कारण श्रीलङ्काले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलर बराबरको बाह्य ऋण तिर्न असफल भएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिनिधिमण्डलले बुधबार श्रीलङ्काका अधिकारीहरूसँग कर्जा सहयोगका लागि वार्ता जारी राखेका छन् तर श्रीलङ्काको सबैभन्दा ठूलो ऋण दातामध्ये चीनले आफ्नो ऋणको पुनर्संरचना गर्न इन्कार गरेमा आईएमएफको सहायतामा ढिलाइ हुन सक्ने बताइन्छ ।

बेइजिङले विद्यमान ऋणमा कटौती गर्नुको साटो थप ऋण जारी गर्ने आफ्नो प्रस्तावबाट सार्वजनिक रूपमा पछि हटेको छैन ।

श्रीलङ्काका लागि विदेशी मुद्राको प्रमुख स्रोतका रुपमा रहेको विप्रेषण गत वर्षको सोही अवधिको तुलनामा छ महिनामा ५० प्रतिशतले घटेर एक अर्ब ६० करोड अमेरिकी डलरमा झरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : ४० बजे

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।