श्रीलङ्काद्वारा थप ३०० वस्तुमा आयात प्रतिबन्धको घोषणा « Khabarhub

श्रीलङ्काद्वारा थप ३०० वस्तुमा आयात प्रतिबन्धको घोषणा


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३०० भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ ।

आर्थिक सङ्कटका कारण मुलुकमा महिनौँदेखि आवश्यक वस्तुको अभाव सिर्जना हुने गरेको छ । आर्थिक सङ्कटका कारण सुरू भएको देशव्यापी आन्दोलनको बलमा तत्कालीन राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्युत गरिएको थियो ।

राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उनी सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजिनामा घोषणा गरेका थिए । उनी अहिले थाइल्याण्डमा छन् भने उनी स्वदेश फर्कन चाहेको उनको पार्टीले जनाएको छ ।

गत जुलाईमा राजापाक्षलाई पदबाट हटाएपछि राष्ट्रपति रनिल विक्रमासिङ्घेले विदेशबाट श्रीलङ्कातर्फ आयात हुने घरेलु उपकरण र खेल सामग्रीलगायतका सामानमा प्रतिबन्ध लगाएका थिए ।

दुई करोड २० लाख जनसङ्ख्या भएको दक्षिण एशियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ । केन्द्रीय बैंकले गत साता विदेशी मुद्राको अभाव कम हुँदै गएको घोषणा गरेसँगै नयाँ प्रतिबन्ध लगाइएको हो ।

यद्यपि, श्रीलङ्काको अर्थतन्त्र यस वर्ष अपेक्षा गरिएभन्दा ८ प्रतिशतले खुम्चिने र सेप्टेम्बरसम्ममा मुद्रास्फीति ६५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

विदेशी मुद्राको अभावका कारण श्रीलङ्काले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलर बराबरको बाह्य ऋण तिर्न असफल भएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिनिधिमण्डलले बुधबार श्रीलङ्काका अधिकारीहरूसँग कर्जा सहयोगका लागि वार्ता जारी राखेका छन् तर श्रीलङ्काको सबैभन्दा ठूलो ऋण दातामध्ये चीनले आफ्नो ऋणको पुनर्संरचना गर्न इन्कार गरेमा आईएमएफको सहायतामा ढिलाइ हुन सक्ने बताइन्छ ।

बेइजिङले विद्यमान ऋणमा कटौती गर्नुको साटो थप ऋण जारी गर्ने आफ्नो प्रस्तावबाट सार्वजनिक रूपमा पछि हटेको छैन ।

श्रीलङ्काका लागि विदेशी मुद्राको प्रमुख स्रोतका रुपमा रहेको विप्रेषण गत वर्षको सोही अवधिको तुलनामा छ महिनामा ५० प्रतिशतले घटेर एक अर्ब ६० करोड अमेरिकी डलरमा झरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : ४० बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा