वीरगञ्ज नाकाबाट हुने कारोबार घट्यो « Khabarhub

वीरगञ्ज नाकाबाट हुने कारोबार घट्यो


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा सङ्कुचन देखिएको छ । वीरगञ्ज नाका प्रयोग गरी हुने मालवस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि त्यसको नकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ ।

गत आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम आर्थिक ११ हजार आठ सय ४८ प्रज्ञापन पत्रमात्र कारोवारका लागि प्रयोग भएका छन् ।

यो समीक्षा अवधिको तुलनामा २७ दशमलब ९१ प्रतिशत कम हो । वीरगञ्ज भन्सारबाट ग्रिन च्यानलमार्फत हुने कारोबारमा ३९ प्रतिशत, एलो च्यानलबाट हुने कारोबारमा २० प्रतिशत र रेड च्यानलमार्फत हुने कारोवार २७ प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ ।

गत आवको साउनमा ग्रिन च्यानलबाट चार हजार ६६, एलो च्यानलबाट चार हजार तीन सय ६० र रेड च्यानलबाट आठ हजार ११ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएकोमा चालु आवको सोही अवधिमा ग्रिन च्यानलबाट एक हजार पाँच सय ८०, एलो च्यानलबाट तीन हजार पाँच सय १२ र रेड च्यानलबाट पाँच हजार आठ सय ५० प्रज्ञापनमार्फत कारोबार भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले वैदेशिक मुद्राको सञ्चितिलाई सन्तुलित गर्न सरकारले १० वटा विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धकै कारण कारोबार कम भई राजस्व सङ्कलनमा समेत असर परेको बताए ।

असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपाङ्ग्रे सवारीसाधन लागायतका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि वीरगञ्ज नाकाको कारोबारमा कमी हुँदै गएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।

उनले आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन तथा कारोबारमा केही गिरावट देखिए पनि आउने दिनमा राजस्व सङ्कलनमा सुधार हुँदै जाने बताए । उनले सरकारले राजपत्रमा प्रकाशित गरी लगाएको प्रतिबन्ध हटाइएकाले कारोबारमा बढोत्तरी हुँदै जाने विश्वास व्यक्त गरे ।

कारोबारमा देखिएको सङ्कुचनकै कारण वीरगञ्ज भन्सारले राजस्व सङ्कलनको मासिक लक्ष्य हासिल गर्न सकेको छैन । साउन महिनाका लागि भन्सार विभागले रु १५ अर्ब २० करोड सात लाख राजस्व सङ्कलनको लक्ष्य दिएको तुलनामा कार्यालयले रु दुई अर्ब २१ करोड आठ लाख कम अर्थात् रु १२ अर्ब ९८ करोड ९९ लाख मात्र राजस्व हासिल गरेको अधिकृत गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १० : १४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ