'ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन स्वास्थ्य प्रणाली सुधारको प्रयास' | Khabarhub Khabarhub

‘ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच पुर्‍याउन स्वास्थ्य प्रणाली सुधारको प्रयास’


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको बताएका छन् ।

शनिबार ललितपुरको बाँडेगाउँमा पूर्व प्रधानमन्त्री एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मरणमा आयोजित किसुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक रहेको भन्दै स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

उनले प्रदेशका कम्तीमा एक अस्पतालमा जेष्ठ नागरिकको विशेषज्ञ उपचार सेवा प्रदान गरिने जानकारी दिए ।  किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु भएको कुरा सुन्दा अत्यन्त खुसी लागेको भन्दै उनले अभियानले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उनको भनाइ छ । नेपालको लोकतन्त्रको बहालीका लागि किसुनजीले खेलेको भूमिकाको स्मरण गर्दै अग्रज नेताहरूसंग काम गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको जिकिर गरे ।

जेष्ठ नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्ने उद्देश्यले जेरियाट्रिक सोसाइटी अफ नेपाल, पुण्यार्जन फाउण्डेशन र सन्त नेता कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानको साझेदारी तथा नेपाल सरकारको समन्वयमा किशुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियान शुभारम्भ गरिएको हो । 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १ : ५१ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले