नेपोलीमाथिको सहज जितसँगै बार्सिलोना अन्तिम १६ मा « Khabarhub

नेपोलीमाथिको सहज जितसँगै बार्सिलोना अन्तिम १६ मा


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

नेपोलीको घरेलु मैदानमा सहज जित निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५-३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

बार्सिलोनाको जितमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले गोल गरे । नेपोलीका लोरेन्जो इन्सिग्ने र माथेओ पोलिटानो ले सान्त्वना गोल गरे ।

खेलको आठौं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । १३औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । २३औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

४५औं मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–१ को अग्रता बनायो । ५९औं मिनेटमा पिएरे इमरिक औवामियाङले चौथो गोल गरे । उनको पछिल्लो दुई खेलमा ४ गोल गरिसकेका छन् । ८७औं मिनेटमा माटियो पोलिटानोले गोलपनि टोलीको हार टार्न सकेनन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : ४५ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट