नेपोलीमाथिको सहज जितसँगै बार्सिलोना अन्तिम १६ मा « Khabarhub

नेपोलीमाथिको सहज जितसँगै बार्सिलोना अन्तिम १६ मा


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

नेपोलीको घरेलु मैदानमा सहज जित निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५-३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो। बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

बार्सिलोनाको जितमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले गोल गरे । नेपोलीका लोरेन्जो इन्सिग्ने र माथेओ पोलिटानो ले सान्त्वना गोल गरे ।

खेलको आठौं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । १३औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । २३औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

४५औं मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–१ को अग्रता बनायो । ५९औं मिनेटमा पिएरे इमरिक औवामियाङले चौथो गोल गरे । उनको पछिल्लो दुई खेलमा ४ गोल गरिसकेका छन् । ८७औं मिनेटमा माटियो पोलिटानोले गोलपनि टोलीको हार टार्न सकेनन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : ४५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल