चिनियाँ विदेशमन्त्री वाङ काठमाडौँमा, यस्तो छ तीनदिने भ्रमण तालिका « Khabarhub

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौँमा, यस्तो छ तीनदिने भ्रमण तालिका


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी काठमाडौँ आइपुगेका छन्।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन्।

विदेशमन्त्री वाङलाई परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेको थिए।

विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन् ।

वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री खड्कालगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले भोलिबाट मात्र औपचारिक वार्ता थाल्नेछन्।

भोलि शनिवार मन्त्री यीले समकक्षी खड्कासँग वार्ता गर्नेछन्। भोलि नै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणको अन्तिम दिन आइतबार वाङको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट हुनेछ।

वाङले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यतालिका भने सार्वजनिक गरिएको छैन।

चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाललाई आर्थिक सहायता घोषणा गर्ने अपेक्षा गरिएको छ। विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने दाबी गरिएको छ। विदेशमन्त्री वाङको सुरक्षाका लागि विशेष सुरक्षा टोली तैनाथ गरिएको छ।

https://www.facebook.com/khabarhubofficial/videos/276096354707435

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ५ : ४० बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई