३५ दिनको छायांकन सेड्युल १८ दिनमै सकियो « Khabarhub

३५ दिनको छायांकन सेड्युल १८ दिनमै सकियो


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिनेम्याटोग्राफर संजय लामाले कलाकारले साथ दिँदा फिल्मको छायांकन तय भएको सेड्युल अगाडि नै सकिएको बताएका छन् ।

’हामीले ३५ दिनको सेड्युल लिएर छायांकनमा गएका हौँ ।

तर, कलाकारहरू हामीभन्दा अगाडि तयार भएर सेटमा आउने हुँदा छायांकन १८ दिनमै सकियो’ संजयले बताए । उनले आफ्नो टिम तयार हुने समयमा कलाकार पनि तयार भइसक्ने बताए ।

’विहानको ५ बजे हामी तयार हुने समयमा कलाकारहरू तयार भइसक्नु हुन्थ्यो । त्यहिँ भएर फिल्मको छायांकन अगाडी नै सकियो’ संजयले बताए । उनले फिल्म मन्त्रको ट्रेलर सार्वजनिक कार्यक्रममा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको तारिफ गर्दै यस्तो बताएका हुन् ।

फिल्ममा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउनेछन् । गोर्खा जिल्लाको चुमनुब्री सामागाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बालगायतका रमणीय दृश्य संजयले कैद गरेका छन् ।

उनले छायांकनको समयमा विहान र बेलुकी गाह्रो भएको सम्झीए । उनले भने , ’तापक्रम माइनसमा हुने हुँदा विहान र बेलुकीको समय गाह्रो हुन्थ्यो । यद्यपि अहिले पर्दामा हेर्दा त्यो सुखमा परिणत भएको छ ।’ फिल्म छायांकनको क्रममा सम्पूर्ण टिमबाट आफूले सहयोग पाएको उनले बताए ।

अभिनेता सौगात मल्लले आफूलाई हिमाल मन पर्ने बताएका छन् । तराईमा जन्मिएको भएता पनि पहिलोपटक फिल्म ’कागबेनी’ छायांकनको लागि हिमाल पुगेका सौगातले त्यसयता आफूलाई हिमालले तानेको बताए । हिमाली प्रेम कथामा आधारित भनिएको फिल्म ’मन्त्र’ मा उनले मनास्लुको काँखमा रागेको गाउँमा झन्डै २५ दिन बिताएका थिए ।

सौगात झैँ फिल्मका अर्का पात्र बुद्धि तामाङले पनि हिमाली सुन्दरताले आँखालाई शीतलता दिने बताए ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको फिल्म २०७९ साल बैशाख १६ गते बाट प्रदर्शनमा आउनेछ । यसमा नमिता घिसिङ्ग, विरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ६ : ३० बजे

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि

धुम्बाराहीमा देउवा समूहको निष्कर्ष : कांग्रेस एकता जोगाउन सानेपाले नै नेतृत्वदायी भूमिका खेलोस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अव

रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् विभिन्न ९ एजेन्डा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार

हर्क साम्पाङकै शैलीमा डोनाल्ड ट्रम्प, एक घण्टाभित्र गरे ३७ वटा सामाजिक सञ्जाल पोस्ट

काठमाडौं- नेपाली नेताहरूमध्ये सामाजिक सञ्जालमा सबैभन्दा धेरै पोस्ट गर्नेमा चिनिन्छन्

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान