३५ दिनको छायांकन सेड्युल १८ दिनमै सकियो | Khabarhub Khabarhub

३५ दिनको छायांकन सेड्युल १८ दिनमै सकियो


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिनेम्याटोग्राफर संजय लामाले कलाकारले साथ दिँदा फिल्मको छायांकन तय भएको सेड्युल अगाडि नै सकिएको बताएका छन् ।

’हामीले ३५ दिनको सेड्युल लिएर छायांकनमा गएका हौँ ।

तर, कलाकारहरू हामीभन्दा अगाडि तयार भएर सेटमा आउने हुँदा छायांकन १८ दिनमै सकियो’ संजयले बताए । उनले आफ्नो टिम तयार हुने समयमा कलाकार पनि तयार भइसक्ने बताए ।

’विहानको ५ बजे हामी तयार हुने समयमा कलाकारहरू तयार भइसक्नु हुन्थ्यो । त्यहिँ भएर फिल्मको छायांकन अगाडी नै सकियो’ संजयले बताए । उनले फिल्म मन्त्रको ट्रेलर सार्वजनिक कार्यक्रममा सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको तारिफ गर्दै यस्तो बताएका हुन् ।

फिल्ममा ५१ सय मिटरको उचाइबाट देखिने हिमाली सुन्दरतालाई दर्शकले देख्न पाउनेछन् । गोर्खा जिल्लाको चुमनुब्री सामागाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बालगायतका रमणीय दृश्य संजयले कैद गरेका छन् ।

उनले छायांकनको समयमा विहान र बेलुकी गाह्रो भएको सम्झीए । उनले भने , ’तापक्रम माइनसमा हुने हुँदा विहान र बेलुकीको समय गाह्रो हुन्थ्यो । यद्यपि अहिले पर्दामा हेर्दा त्यो सुखमा परिणत भएको छ ।’ फिल्म छायांकनको क्रममा सम्पूर्ण टिमबाट आफूले सहयोग पाएको उनले बताए ।

अभिनेता सौगात मल्लले आफूलाई हिमाल मन पर्ने बताएका छन् । तराईमा जन्मिएको भएता पनि पहिलोपटक फिल्म ’कागबेनी’ छायांकनको लागि हिमाल पुगेका सौगातले त्यसयता आफूलाई हिमालले तानेको बताए । हिमाली प्रेम कथामा आधारित भनिएको फिल्म ’मन्त्र’ मा उनले मनास्लुको काँखमा रागेको गाउँमा झन्डै २५ दिन बिताएका थिए ।

सौगात झैँ फिल्मका अर्का पात्र बुद्धि तामाङले पनि हिमाली सुन्दरताले आँखालाई शीतलता दिने बताए ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको फिल्म २०७९ साल बैशाख १६ गते बाट प्रदर्शनमा आउनेछ । यसमा नमिता घिसिङ्ग, विरबहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि अभिनय रहेको छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।

साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ६ : ३० बजे

माझीका पाँच पुस्ताले देखेको श्रीलङ्का टप्पु !

चतरा (सुनसरी) – रङ्गे माझी रामेछापदेखि कमला नदी हुँदै कोशी

रूसद्वारा युक्रेनको राजधानी कियभमा आक्रमण, १५ जनाको मृत्यु

काठमाडौं– रूसले युक्रेनको राजधानी कियभमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु

कसरी छुटाउने बालबालिकाको मोबाइल फोन प्रयोग गर्ने लत?

काठमाडौं– स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बन्दै गएको छ ।

‘इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गर्‍यो’

काठमाडौं– इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण

भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षार्थ