पहिलो एक दिवसीयमा पीएनजीद्वारा नेपाल ६ रनले पराजित « Khabarhub

पहिलो एक दिवसीयमा पीएनजीद्वारा नेपाल ६ रनले पराजित


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी पपुवा न्यू गिनीविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले नेपाललाई ६ रनले पराजित गरेको हो । २ सय ९३ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गर्दा ५० ओभरमा २ सय ८६ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि रोहित पौडेलले १ सय २६ रन र आरिफ शेखले ३४ रन बनाए । कुशल भुर्तेलले ३२, सोमपाल कामी र कमल ऐरीले नटआउट १८–१८ रन तथा भीम सार्कीले १७ तथा दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो । नेपालका लागि कमल सिंह ऐरी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र पवन सराफले १–१ विकेट लिए ।

दोस्रो एक दिवसीय सिरिजअन्तर्गत नेपालले भोलि पीएनजीसँग बिहान साढे ९ बजे प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ११ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब