पहिलो एक दिवसीयमा पीएनजीद्वारा नेपाल ६ रनले पराजित « Khabarhub

पहिलो एक दिवसीयमा पीएनजीद्वारा नेपाल ६ रनले पराजित


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी पपुवा न्यू गिनीविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले नेपाललाई ६ रनले पराजित गरेको हो । २ सय ९३ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गर्दा ५० ओभरमा २ सय ८६ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि रोहित पौडेलले १ सय २६ रन र आरिफ शेखले ३४ रन बनाए । कुशल भुर्तेलले ३२, सोमपाल कामी र कमल ऐरीले नटआउट १८–१८ रन तथा भीम सार्कीले १७ तथा दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो । नेपालका लागि कमल सिंह ऐरी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र पवन सराफले १–१ विकेट लिए ।

दोस्रो एक दिवसीय सिरिजअन्तर्गत नेपालले भोलि पीएनजीसँग बिहान साढे ९ बजे प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ११ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु