हरितारा सम्मान तथा पुरस्कार घोषणा « Khabarhub

हरितारा सम्मान तथा पुरस्कार घोषणा


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री मिथिला शर्मालाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ ।

संस्थाका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा वैशाख ९ गते बसेको बैठकले २०७७ सालको हरितारा चलचित्र पुरस्कार मिथिला शर्मालाई अर्पण गर्ने निर्णय गरेको हो ।

४ दशकभन्दा बढी समय देखि नेपाली फिल्मको क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेकाले अभिनेत्री शर्मालाई सम्मान अर्पण गर्न लागिएको संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सोही बैठकले २०७८ सालको हरितारा चलचित्र पुरस्कार रंग पत्रकार विदुर गिरीलाई दिने पनि निर्णय गरेको छ ।

३ दशकभन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृति, फिल्म क्षेत्रको प्रवर्द्धन र पेशाकर्मीको उत्थानका लागि देश विदेशमा पुर्‍याएको योगदानका लागि पत्रकार गिरीलाई पुरस्कार दिन लागिएको संस्थाले जनाएको छ ।

पुरस्कारको राशि जनही पच्चिस–पच्चिस हजार रहेको छ । यस्तै, विक्रम संवत २०७७ र २०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र वरिष्ठ प्राविधिक मनोज के.सी.लाई अर्पण गर्ने निर्णय गरिएको छ । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको राशि जनही दश दश हजार रहेको छ ।

परिवर्तन नेपालको सोही बैठकले फिल्म क्षेत्रमा विशेष योगदान पुर्‍याएका निर्देशक मदन घिमिरे, निर्माता/निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक/ निर्माता मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गर्ने र प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आबद्ध भई आ–आफ्नो क्षेत्रमा योगदान पुर्‍याएका चरित्र अभिनेत्री शारदा गिरी ‘काली बुढी’,निर्देशक जनक खकुरेल, मोडल दिपाशा वि.सी., खेलाडी/कलाकार नन्दा बस्याल, रंगकर्मी मन्जु निरौला, रंगकर्मी रजनी अर्याल, रंगकर्मी रेणु पौडेललाई परिवर्तन सम्मान अर्पण गर्ने निर्णय गरेको जनाएको छ ।

यस्तै, गीतकार/लेखक/निर्देशक तथा संस्कृतिविद स्वः चेतन कार्कीको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय समेत संस्थाले गरेको छ । स्थापना वर्षको पुरस्कार लेखक निर्देशक अभिनेता देशभक्त खनाललाई अर्पण गर्ने निर्णय गरेको छ ।

सोही बैठकले परिवर्तन पत्रकारिता विशेष सम्मान चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलालाई अर्पण गर्ने निर्णय गरेको छ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी/गीतकार शान्तिप्रिय रहेको समितिले गरेको हो ।

तीनवटै पुरस्कार र सम्मान जेष्ठको दोश्रो हप्ता एउटा विशेष समारोहको आयोजना गरी अर्पण गरिनेछ । विक्रम संवत २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : १३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००