म्याक्रोँ फ्रान्सको राष्ट्रपतिमा पुनः विजयी « Khabarhub

म्याक्रोँ फ्रान्सको राष्ट्रपतिमा पुनः विजयी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – फ्रान्सको राष्ट्रपतिमा पुनः इम्यानुएल म्याक्रोँ निर्वाचित भएका छन् । मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनलाई हराउँदै म्याक्रोँ पुनः निर्वाचित भएका हुन् ।

म्याक्रोँले अनुमान गरेभन्दा बढी मत ल्याउन सफल भएका छन् । म्याक्रोँले ५८ दशमलब ५५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकी पेनले ४१ दशमलब ४५ प्रतिशत मत प्राप्त गरिन् । उनी अतिदक्षिणपन्थीहरूको सबैभन्दा बढी मत प्राप्त गर्न सफल भइन् ।

चुनावको समयमा दक्षिणपन्थी उम्मेदवार पेनले ईयूविरोधी नीति सार्वजनिक गरेकी थिइन् । म्याक्रोँको विजयको युरोपेली नेताहरूले स्वागत गरेका छन् । ‘हामीले फ्रान्स र युरोपलाई सँगसँगै अगाडि बढाउनेछौँ’, युरोपेली आयोगका अध्यक्ष युर्सुला भोन डेर लियेनले भनिन् ।

म्याक्रोँको विजयले युरोपेली नेताहरूलाई राहत पुगेको बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले म्याक्रोँलाई बधाई दिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ०२ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द