एमाले भक्तपुरले चारै पालिकाको प्रमुख/उपप्रमुखको उम्मेदवार टुंग्यायो « Khabarhub

एमाले भक्तपुरले चारै पालिकाको प्रमुख/उपप्रमुखको उम्मेदवार टुंग्यायो


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा एमाले भक्तपुरले आसन्न स्थानीय तह निर्वाचनमा नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंग्याएको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुर थिमि नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम टुंग्याएको हो ।

एमालेले सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा पुरानै उम्मेदवारलाई दोहोर्‍याएको छ । सूर्यविनायक नगरपालिकाको प्रमुखमा पुनः वासुदेव थापालाई उठाएको छ भने उप प्रमुखमा सरिता भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा एमालेले पुरानै उम्मेदवारलाई मदनसुन्दर श्रेष्ठलाई पुन दोहोर्‍याउने निर्णय गरेको छ भने उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

चाँगुनारायण नगरपालिकामा भने पाँच वर्ष उपप्रमुखको जिम्मेवारी सम्हालेकी विना बास्तोलालाई प्रमुखको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ भने उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

भक्तपुर नगरपालिकामा एमालेले नगर प्रमुखमा रवीन्द्र लाछिमस्यु र उपमेयरमा रञ्जना चापागाईँ खर्बुजालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ११ : ०५ बजे

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत