तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमाले जित नजिक | Khabarhub Khabarhub

तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमाले जित नजिक


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि छन् ।

खड्काले ३० हजार ३५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत ल्याए । तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको छ । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छन् । उनले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेका छन् । चौधरीले २९ हजार ३४५ मत प्राप्त गरे भने रानाले २० हजार १४४ मत पाए ।

१९ वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ८ : ४९ बजे

नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्द्रपूर्ण छ : मन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीचको

स्वास्थ्य एआईको विषयमा छलफल गर्न हाईकन सम्मेलन

काठमाडौं– हेल्थ एआई फर अल कन्फ्रेन्स (हाईकन) २०२५ काठमाडौंमा सुरु

सरकारलाई सुझावसहित एमालेले पारित गर्‍यो १४ बुँदे प्रस्ताव

काठमाडौं – प्रमुख सत्तारुढ नेकपा (एमाले)ले तीन दिनसम्म बसेको आठौं

नयाँ स्टक एक्सचेञ्ज नदिन सर्वोच्चमा मुद्दा

काठमाडौं– नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन सर्वोच्च अदालतमा मुद्दा परेको

ओलीको निर्देशन- पार्टीबारे जे भन्नु छ बैठकमा भनौँ, सडकमा निस्केर कराउन पाइँदैन

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले पार्टीभित्रका