झापामा यस वर्ष पाँच लाख बिरुवा वितरण गरिँदै « Khabarhub

झापामा यस वर्ष पाँच लाख बिरुवा वितरण गरिँदै


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी- डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख  बिरुवा वितरण गर्ने भएको छ । फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए।

ती मध्ये १५ हजार फलफूल र चार लाख ७५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा छन् । वन बिरुवा रु ४७ लाख ५० हजार र फलफूलका रु छ लाख गरी रु ५३ लाख ५० हजार बराबरको बिरुवा वितरण गर्न लागिएको हो । बिरुवा असार १५ गतेदेखि वितरण गरिने कार्यालयले जनाएको छ ।

टिक, मसला, मलेसियन साल, सतिसाल, धुपी, खमारी, श्रीखण्ड, रुद्राक्ष, निमारो, कदम, चाप, गोल्डमोहा, कल्कीफूल, बकाइनोलगायतका २० प्रजातिका वन बिरुवा र आँप, कटहर, लिची, नरिवल र सुपारीको बिरुवा वितरण गर्न लागिएको उनले बताए । “यीमध्ये श्रीखण्ड र रुद्राक्ष बहुमूल्य प्रजातिका रूख हुनुका साथै धार्मिक दृष्टिकोणले समेत घरघरमा लगाउने गरिन्छ”, उनले भने, “यी बिरुवा हालै मात्र वितरण गर्न थालिएका हो ।” यी बिरुवा अन्यत्र नर्सरीबाट किन्दा रु दुई सयभन्दा बढी पर्ने भए पनि निःशुल्क वितरण गर्न लागिएको उनको भनाइ छ । यो वर्ष श्रीखण्डको मात्र १० हजार बिरुवा वितरणका लागि तयारी अवस्थामा रहेको छ ।

डिभिजन वन कार्यालयअन्तर्गतका सात नर्सरीमा बिरुवा तयार भइरहेका छन् । जलथल, चन्द्रगढी, बहुवन, सुरुङ्गा, केर्खा, प्रजापतिमा ७५/७५ हजार र कमलधापमा ५० हजार बिरुवा वितरणका लागि तयार गरिँदैछ । त्यस्तै, १५ हजार फलफूलका बिरुवाका लागि बोलपत्र आह्वान गरिएको छ । रु १५ बराबरको बोलपत्र आह्वान गरिए पनि रु छ लाख ठेक्का लागेको कार्यालयले जनाएको छ । 

गाउँघरमा रूख बिरुवाको माग र वितरणका लागि जिल्लाभर सात जना परिचालिका खटाइएको छ । उनीहरूले नै बिरुवाको माग विवरण तयार गर्ने सोहीअनुरुप बिरुवा तयार गरी वितरण गर्ने गरिएको छ । 

यस्तै, झापाका जडीबुटी पकेट क्षेत्रमा जडीबुटी खेती विस्तार भण्डारणका लागि अनुदान आएको छ । चालु आर्थिक वर्षमा जिल्लाका पाँच वटा पकेट क्षेत्रलाई लक्षित गरी रु नौ लाख अनुदान आएको हो । हल्दीबारी गाउँपालिका सहित भद्रपुर , गौरादह, मेचीनगर  र अर्जुनधारा नगरपालिकाका जडीबुटी पकेट क्षेत्रमा खेती विस्तार तथा भण्डारणका लागि अनुदान आएको सहायक वन अधिकृत खत्रीले बताए।

जडीबुटी विकास (सङ्घ सशर्त) तर्फको सो कार्यक्रमअन्तर्गत पामारोजा, लेमनग्रास, पचौली, तुलसी, सतावरी र अश्वगन्धा खेती तथा भण्डारण गर्ने कृषकका लागि लक्षित गरिएको हो ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १ : ०९ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना