ओलीको ब्रिफिङ : चुनावमा धाँधली भयो, आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन्  « Khabarhub

ओलीको ब्रिफिङ : चुनावमा धाँधली भयो, आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन् 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा धाँधली भएको बताएका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले जितेको छ । तर, प्रमुखमा भोट हालेको देखिएन,’ तामाङले भने, ‘एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई  नहाल्ने व्यवहार देखियो ।’

के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट कारण पत्ता लगाउन पत्राचारसमेत गरिएको उनले जानकारी दिए ।

संघीय संसदमा मंगलबार प्रस्तुुत गरिएको  गरेको नीति तथा कार्यक्रममा नयाँ कुरा नआएको एमालेले दोहोर्‍याएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ६ : ०९ बजे

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा