केन्यामा रहेको नेपाल आज घरेलु टोलीसँग भिड्दै  « Khabarhub

केन्यामा रहेको नेपाल आज घरेलु टोलीसँग भिड्दै 


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दैछ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ  । भिसा समयमै नआउँदा सोमपाल कामी, आदील अन्सारीलगायत खेलाडी बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेका थिए। केही खेलाडी आज मात्रै त्यहाँ पुग्नेछन्।

मनोज प्रभाकरको प्रशिक्षणमा नेपाल सुखद सुरुआत गर्न चाहन्छ । उनले सबै खेल जित्न खेल्ने बताएका छन् । कप्तान सन्दीपले समेत सबै खेल जित्न खेल्ने बताएका छन्।

दोस्रो टी-२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-२० भदौ १४ गते हुनेछ । यसपछी नेपालले एक दिवसीय खेल खेल्नेछ ।

यस्तो छ हेड टु हेड: 
नेपाल र केन्याबिछ पहिलो पटक टी -२० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । आईसीसी टी-२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ   ।

सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई५ विकेटले हराएको थियो । यस्तै, सन्  २०१४ मा यूएईमा नै भएको खेलमा केन्याबिरुद्द नेपालले ६ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ८ : ४८ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज