डोटीमा ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु « Khabarhub

डोटीमा ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा ट्र्याक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्र्याक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको छ।

हिजो साँझ साढे ६ बजे सुदूरपश्चिम प्रदेश ०१ ००२ त ४७७६ नम्बरको बालुवा बोकेको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  १० : २७ बजे

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको