पाकिस्तानले सरकारी स्वामित्वका कम्पनीको शेयर विदेशीलाई पनि बिक्री गर्ने « Khabarhub

पाकिस्तानले सरकारी स्वामित्वका कम्पनीको शेयर विदेशीलाई पनि बिक्री गर्ने


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानले सरकारी स्वामित्वमा रहेका कम्पनीहरुको शेयर विदेशीलाई पनि बिक्री गर्ने भएको छ ।

पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइललाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानले मैत्रिपूर्ण मुलुकहरुलाई सरकारी स्वामित्वमा रहेका कम्पनीको शेयर बिक्री गर्न लागेको हो ।

यस्तो शेयरको खरिद बिक्री सरकारी स्तर (जीटुजी) बाट हुने जनाइएको छ । आवश्यक परेको खण्डमा सरकारले ती शेयर पुनः खरिद गर्न सक्नेगरी व्यवस्था पनि गरिएको डनले उल्लेख गरेको छ ।

पाकिस्तानी अर्थमन्त्री इस्माइलले चाँडै सरकारले केही आयातित वस्तुहरुमा लगाएको प्रतिबन्ध पनि चाँडै फुकुवा गर्ने समेत जनाएका छन् ।

आर्थिक समस्या झेलिरहेको पाकिस्तानको आर्थिक अवस्था अझै खराब बन्दै जाने चिन्तामाझ पाकिस्तानी अर्थमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : ३९ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४