पाकिस्तानले सरकारी स्वामित्वका कम्पनीको शेयर विदेशीलाई पनि बिक्री गर्ने « Khabarhub

पाकिस्तानले सरकारी स्वामित्वका कम्पनीको शेयर विदेशीलाई पनि बिक्री गर्ने


९ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानले सरकारी स्वामित्वमा रहेका कम्पनीहरुको शेयर विदेशीलाई पनि बिक्री गर्ने भएको छ ।

पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइललाई उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार पाकिस्तानले मैत्रिपूर्ण मुलुकहरुलाई सरकारी स्वामित्वमा रहेका कम्पनीको शेयर बिक्री गर्न लागेको हो ।

यस्तो शेयरको खरिद बिक्री सरकारी स्तर (जीटुजी) बाट हुने जनाइएको छ । आवश्यक परेको खण्डमा सरकारले ती शेयर पुनः खरिद गर्न सक्नेगरी व्यवस्था पनि गरिएको डनले उल्लेख गरेको छ ।

पाकिस्तानी अर्थमन्त्री इस्माइलले चाँडै सरकारले केही आयातित वस्तुहरुमा लगाएको प्रतिबन्ध पनि चाँडै फुकुवा गर्ने समेत जनाएका छन् ।

आर्थिक समस्या झेलिरहेको पाकिस्तानको आर्थिक अवस्था अझै खराब बन्दै जाने चिन्तामाझ पाकिस्तानी अर्थमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार  ९ : ३९ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन