उडानमा यात्रुले परिचरलाई कुटेपछि « Khabarhub

उडानमा यात्रुले परिचरलाई कुटेपछि


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मेक्सिको – उडानका समयमा एक यात्रुले परिचरलाई आक्रमण गरेका छन्। मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले परिचलाई आक्रमण गरेका हुन्।

आक्रमण गर्ने यात्रुलाई आजीवन प्रतिबन्ध लगाइएको छ। बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको हो। आक्रमणको भिडियो अर्का यात्रुले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। उक्त भिडियो अहिले भाइरल भएको छ।

वासिंगटनपोस्टका अनुसार स्थानीय समयअनुसार दिउँसो साढे तीन बेज उक्त विमान एल एन्जलस विमानस्थलमा अवतरण गरेको थियो। अवतरणपछि ती यात्रुलाई संघीय अनुसन्धान ब्यूरोका अधिकारीले हटाएका थिए। ट्वीटरमा सेयर गरिएको ३३ सेकेन्ड लामो भिडियो क्लिपमा विमानका पुुरुष परिचरले यात्रुलाई ‘तपाइँले मलाई धम्की दिएको हो ?’ भनेको सुन्न सकिन्छ। त्यति भनेर उनी अगाडि बढ्दा पछाडिबाट

सुन्तला रंगको सर्ट लगाएका यात्रु पछाडिबाट दौडिएर मुड्कीले परिचरको टाउकोमा हिर्काउछन्। अन्य यात्रुले ‘ओ माइ गड’ भनेको आवाज पनि भिडियोमा सुन्न सकिन्छ। एक यात्रुले तपाइँले के गरेको हो ?’ भनेर ती व्यक्तिलाई झपारेका देखिन्छन्। कुटाइ खाएका परिचरको उद्दार गर्न एयर होस्टेस आएको पनि भिडियोमा देख्न सकिन्छ। बाँकी उडानभर ती व्यक्तिले विमानका अन्य यात्रुले नियन्त्रणमा लिएका थिए।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : ०० बजे

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको