सात वटै मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आयोगको निर्देशन « Khabarhub

सात वटै मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आयोगको निर्देशन


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले गर्ने निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित गरेको तथा सोही दफाको खण्ड (क १) ले त्यसरी प्रचारप्रसार गर्दा समेत सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।

मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्यका लागि हेलिकप्टर लगायत सरकारी स्रोतसाधनको प्रयोग गर्ने गरेको खबर सार्वजनिक भइरहेका बेला आयोगले प्रदेश मुख्यमन्त्री कार्यालयलाई चुनाव प्रचारमा सरकारी स्रोतसाधनको प्रयोग हुन नदिन भनेको हो।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : ५३ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि