टी–२० विश्वकप : अष्ट्रेलियाको पहिलो जित | Khabarhub Khabarhub

टी–२० विश्वकप : अष्ट्रेलियाको पहिलो जित


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

श्रीलङ्काले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । उसका मार्कस स्टोइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले २३ रन बनाए । बलिङतर्फ धनन्जय डि सिल्भा, चमिका करुनारत्ने र महेश थिकसनाले एकरएक विकेट लिए ।

त्यसअघि पर्थमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । श्रीलंकाका ओपनर पाथुम निसांकाले ४५ बलमा २ चौकासहित सर्वाधिक ४० रन बनाए । चरिथ असलंकाले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे ।

बलिङतर्फ जोश हेजलवुड, प्याट कमिन्स, याशटन अगर, मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले एकरएक विकेट लिए । अष्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो । श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले हराएको थियो । सुपर १२ को समूह ए मा रहेको अष्ट्रेलियाले तेस्रो खेलमा शुक्रबार इंग्ल्यान्डसँग खेल्नेछ । सेमिफाइनल खेल्न उक्त खेल अष्ट्रेलियालाई जित्नै पर्ने हुन्छ । श्रीलंकाले न्युजिल्यान्डसँग शनिबार खेल्नेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : ३३ बजे

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित