बालकोटको बार्दलीबाट ओली र प्रचण्डको अभिवादन « Khabarhub

बालकोटको बार्दलीबाट ओली र प्रचण्डको अभिवादन


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालकोटस्थित ओलीनिवासको बार्दलीबाट हात हल्लाएर आफ्ना नेता तथा कार्यकर्तालाई अभिवादन गरेका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि ओलीले आफ्नो निवासको बार्दलीबाट हात हल्लाएको विषयलाई राजनीतिमा व्यंग्यको विषय बनाएका प्रचण्ड आइतबार स्वयं आफैंले सोही स्थानबाट हात हल्लाएका हुन् ।

ओलीनिवासमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । उक्त सहमतिपछि ओली र प्रचण्ड बार्दलीमा पुगेर हात हल्लाएर अभिवादन गरेका हुन् ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्ष नेताहरु राष्ट्रपति कार्यालय गएका छन् ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : ३६ बजे

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका