आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी | Khabarhub Khabarhub

आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको राजनीति दुई वर्षअघिको अवस्थामा पुगेको छ । त्यसबेला तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयन गर्न आन्तरिक संघर्ष चलेको थियो ।

साविक नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्नेगरी भएको भनिएको सहमति कार्यान्वयन गर्ने वा नगर्ने विषयमा संघर्ष केन्द्रित थियो । उक्त संघर्षका कारण मुलुकको राजनीति नै अस्थिरतातर्फ धकेलियो ।

नेकपा भित्रको विवादबीच ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए । नेकपा भित्रको विवाद चर्किंदै जाँदा प्रचण्ड र नेता माधवकुमार नेपालसहितको सहयोगमा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि ओलीले संसद विघटन गरेका थिए ।

संसद पुनःस्थापनाको नाममा प्रचण्ड र नेपालले पार्टी भित्रबाट ओलीलाई कारवाहीको निर्णयदेखि प्रधानमन्त्रीबाट हटाउन संघर्ष थालेका थिए । अन्ततः संसद पुनःस्थापित भयो भने नेकपा विघटन भई एमाले र माओवादी केन्द्र ब्युँतियो । यससँगै एमाले पनि विभाजन हुनपुग्यो ।

संसद विघटन गराउनेदेखि एमाले विभाजन गराउनेसम्मको मुख्य कारक ओली र प्रचण्डबीच आलोपालोको सहमति कार्यान्वयन नहुनु थियो । ठिक आइतबार उनै ओली र प्रचण्डबीच फेरि आएर आलोपालो प्रधानमन्त्री हुने सहमति भएको छ ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति जनाएका छन् ।

सात दलको सहमति १६६ जना संसादको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दै छन् । प्रधानमन्त्री बन्न प्रतिनिधिसभामा कायम कूल २७५ मध्ये कम्तीमा १३८ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : ४८ बजे

पूर्वराष्ट्रपतिद्वारा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य

महिला हकअधिकारका लागि कानुनमा विशेष प्रावधान छ : मन्त्री आचार्य

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राज्यका संरचनामा

एडीबीले बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने

ढाका- एसियाली विकास बैंक (एडीबी) ले बङ्गलादेशलाई ४० करोड अमेरिकी

ब्राउन सुगरसहित एक युवक पक्राउ

सप्तरी– सप्तरीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता

लमजुङ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राका क्रममा