आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी « Khabarhub

आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी


१० पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको राजनीति दुई वर्षअघिको अवस्थामा पुगेको छ । त्यसबेला तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयन गर्न आन्तरिक संघर्ष चलेको थियो ।

साविक नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्नेगरी भएको भनिएको सहमति कार्यान्वयन गर्ने वा नगर्ने विषयमा संघर्ष केन्द्रित थियो । उक्त संघर्षका कारण मुलुकको राजनीति नै अस्थिरतातर्फ धकेलियो ।

नेकपा भित्रको विवादबीच ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए । नेकपा भित्रको विवाद चर्किंदै जाँदा प्रचण्ड र नेता माधवकुमार नेपालसहितको सहयोगमा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि ओलीले संसद विघटन गरेका थिए ।

संसद पुनःस्थापनाको नाममा प्रचण्ड र नेपालले पार्टी भित्रबाट ओलीलाई कारवाहीको निर्णयदेखि प्रधानमन्त्रीबाट हटाउन संघर्ष थालेका थिए । अन्ततः संसद पुनःस्थापित भयो भने नेकपा विघटन भई एमाले र माओवादी केन्द्र ब्युँतियो । यससँगै एमाले पनि विभाजन हुनपुग्यो ।

संसद विघटन गराउनेदेखि एमाले विभाजन गराउनेसम्मको मुख्य कारक ओली र प्रचण्डबीच आलोपालोको सहमति कार्यान्वयन नहुनु थियो । ठिक आइतबार उनै ओली र प्रचण्डबीच फेरि आएर आलोपालो प्रधानमन्त्री हुने सहमति भएको छ ।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति जनाएका छन् ।

सात दलको सहमति १६६ जना संसादको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दै छन् । प्रधानमन्त्री बन्न प्रतिनिधिसभामा कायम कूल २७५ मध्ये कम्तीमा १३८ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ४ : ४८ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई