आज राष्ट्रियसभा निर्वाचन : कहाँ-कहाँ हुँदैछ मतदान ? | Khabarhub Khabarhub

आज राष्ट्रियसभा निर्वाचन : कहाँ-कहाँ हुँदैछ मतदान ?


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज राष्ट्रियसभा सदस्यको लागि निर्वाचन हुँदैछ। १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा मतदान हुन लागेको हो। निर्वाचन आयोगले प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एकएक मतदानस्थलभित्र दुईदुई वटा मतदान केन्द्र बनाएको छ।

बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखले प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ।

प्रदेश २ मा महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीमा मतदान हुँदैछ।

राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो।

राष्ट्रियसभा निर्वाचनमा सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्नेछन्। चुनावमा पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।

राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ। राष्ट्रियसभा चुनावलाई सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको लडाइँको रुपमा हेरिएको छ।

महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ। आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : ४८ बजे

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

भादगाउँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको