मधेशका मुख्यमन्त्री राउतलाई ११ बुँदे मागसहित जनमतको ज्ञापन « Khabarhub

मधेशका मुख्यमन्त्री राउतलाई ११ बुँदे मागसहित जनमतको ज्ञापन


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार पार्टीका उपाध्यक्ष वशन्तकुमार कुशवाहा नेतृत्वको टोलीले किसानलाई मलखाद उपलब्ध गराउनुपर्नेलगायत ११ बुँदे माग राखी मुख्यममन्त्री राउतलाई ज्ञापनपत्र बुझाएको हो ।

जनमत पार्टीले किसानका लागि पेन्सन, बालीनालीको स्वतः वीमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, फसलको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

मधेशका किसानहरू समस्यामा पर्दासमेत संघ सरकारलाई दबाब दिन नसकेको भन्दै जनमत पार्टीले प्रदेश सरकारमाथि आक्रोश व्यक्त गर्दै आएको छ ।

यसअघि, बुधबार नै जनमत पार्टीका नेता तथा कार्यकर्ताले जनकपुरधाममा बाँसको भाटासहित प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : ०० बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले