आज २०७८ साल फागुन १४ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल फागुन १४ गते शनिबारको राशिफल


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन १४ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:
फागुन १४ गते शनिबार

मेष : दैनिक काम यथावत रहनेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारमा प्रेम बढ्नेछ। आफ्नो कामका लागि अरुको मुख नहेरेमा सफलता मिल्नेछ।

वृष : आजको दिन बोलीमा ख्याल गर्नुपर्नेछ। शिक्षामा गरेको श्रम लगानीले राम्रो नतिजा आउनेछ। व्यापार व्यवसाय सामान्य छ।

मिथुन : पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। आर्थिक, सामाजिक, राजनीति क्षेत्र यथावत रहेपनि शिक्षाको क्षेत्रमा राम्रो छ। श्रम लगानी गरेको भए उत्कृष्ट नतिजा आउने छ।

कर्कट : स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र यथावत रहेपनि आफन्तबाट सहयोग मिल्नेछ। पुराना मित्रसँगको भेटले मन प्रशन्न हुनेछ। पठनपाठनमा रुची बढ्नेछ।

सिंह : राजनीति, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा राम्रो छ। पठनपाठनमा रुची बढ्ने छ। व्यापार व्यवसायमा उन्नती हुनेछ। स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा विशेष ख्याल गर्नुहोला।

कन्या : प्रतिस्पर्धी बढ्नेछन्। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। अरु सबै क्षेत्र यथास्थितिमा रहेपनि वैदेशिक क्षेत्रमा भने निकै राम्रो छ। यो क्षेत्रमा गरेको लगानीले फल पाउने योग रहेको छ।

तुला : आजको दिन तपाईंको खर्च बढ्नेछ। दाजुभाइको सहयोगले सन्तुष्टि मिल्नेछ। पठनपाठनमा रुची बढ्नेछ। खर्च गर्दा ख्याल गर्नुपर्ने देखिन्छ।

वृश्चिक : बोलीमा ख्याल गर्नुपर्नेछ। आफ्नै बोलीले समस्या पार्ने भएकाले सचेत हुनुपर्ने देखिएको छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्नेछ। राजनीतिमा भने सतर्कता अपनाउनुपर्ने देखिएको छ।

धनु : समाजमा तपाईंको प्रभाव बढ्नेछ। कोही आकर्षित हुन सक्छन्। तर, तपाईंप्रतिको आकर्षण वा प्रगति देखेर कुरा काट्ने थपिने छन्। गरिब दुखीको सहयोग गर्दा मन शान्त हुनेछ।

मकर : आर्थिक, सामाजिक, राजनीति, वैदेशिक क्षेत्र यथास्थितिमा रहेपनि व्यापार व्यवसायमा गरेको श्रम लगानीले सन्तोषजनक प्रतिफल मिल्नेछ। पठनपाठनमा भने आलश्य बढ्नेछ।

कुम्भ : ठूलाबडाबाट सल्लाह लिएर मात्र नयाँ काम थालनी गर्नुहोला। धार्मिक, सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा छ। लगानीबाट भने राम्रो परिणाम मिल्नेछ।

मिन : आज थालनी गरेका कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायबाट नाफा मिल्नेछ। अध्ययन अध्यापनमा सुखद् छ। वैदेशिक क्षेत्रमा भने हात नहालेकै राम्रो। आज पश्चिमको यात्रा नगर्नुहोला।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ५ : १८ बजे

न्यायाधीशले विवेकपूर्ण तरिकाले निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत

 काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्याय पर्ने

उद्धारमा गएकाहरू भिरमै अड्कि, फोनमा बोल्दा-बोल्दै प्राण त्यागे पुसेले

धनगढी– कर्णाली नदी किनारको भीरमा अड्किएका सात जनाको १८ घण्टा पछि

वीरेन्द्रनगरको एक होटेलमा आगलागी

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका–६ बीचबजारमा आगलागी भएको छ । वीरेन्द्रनगर बजारको

चरेससहित पर्सामा तीन जना पक्राउ

 पर्सा– पर्सा प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ

पुलिस क्लबद्वारा लुम्बिनीसामु २५० रनको लक्ष्य

 भैरहवा– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले