एसी मिलान र इन्टर मिलान बराबरीमा रोकिए « Khabarhub

एसी मिलान र इन्टर मिलान बराबरीमा रोकिए


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको एसी मिलान र साविक विजेता इन्टर मिलान बराबरीमा रोकिएको छ ।

शुक्रबार राति भएको खेलमा इन्टरले जिनोआसँग गोलरहित बराबरी खेल्दा मिलानले उडीनेजेसँग १-१ गोलको बराबरी खेल्यो।

जिनोआको मैदानमा पाएको मौकामा गोल गर्न नसक्दा इन्टर बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा मिलान पनि बराबरीमा रोकिएको हो । खेलको २९ औं मिनेटमा राफायल लियोले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा डेस्टिननी उडोगियोले गोल गर्दै उडीनेजेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । यस बराबरीसँगै मिलानले २७ खेलमा ५७ अंक जोडेको छ ।

इन्टरले २६ खेलमा ५५ अंक जोडेर दोस्रो स्थानमा छ । एसी मिलान २७ खेलबाट ५७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । जिनोआ १७ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : ४० बजे

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको