हलेसी मन्दिरबाट तीन वर्षमा दुई करोड भेटी « Khabarhub

हलेसी मन्दिरबाट तीन वर्षमा दुई करोड भेटी


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४८८ रूपैयाँ आम्दानी भएको छ। त्यस्तै एक करोड १५ लाख ३१ हजार ५० रुपैयाँ व्यय भएको छ।

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको धार्मिकस्थल हलेसी आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २१५ रुपैयाँ आय र ४२ लाख ४२ हजार ३५० रुपैयाँ व्यय भएको छ।

आर्थिक वर्ष २०७६/०७८ मा ५३ लाख ८९ हजार ८६९ रुपैयाँ आय र ४० लाख ६२ हजार ५२१ रुपैयाँ व्यय तथा आर्थिक वर्ष २०७७/०७८ मा ५१ लाख २८ हजार ४०४ आय र ४२ लाख २६ हजार १७९ रुपैयाँ व्यय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए।

भेटीबापत जम्मा भएको रकम खर्च कटाएर ७७ लाख ६ हजार ४३८ रुपैयाँ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा रहेको छ। हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदीका गरगहनालगायतका सामग्री भने हालसम्म सुरक्षित राखिएको छ।

हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी, विदेशी मुद्रा तथा सुनचाँदीलाई आम्दानीको रूपमा हिसाब राख्ने गरिएको छ। हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन हलेसी तुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले दानपेटिकाको चाबी राख्ने गरेका हुन्।

मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्यध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोगलगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए।

प्राकृतिकरुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन्। हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलंका, अमेरिका, दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकनकर्ता आउने गरेका छन्।

मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रिमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ११ : १९ बजे

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको