निजामती कर्मचारी संगठन खोटाङको नेतृत्वमा पहिलोपल्ट महिला  « Khabarhub

निजामती कर्मचारी संगठन खोटाङको नेतृत्वमा पहिलोपल्ट महिला 


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन् । संगठनको शुक्रबार राती दिक्तेलमा सम्पन्न ११औं जिल्ला सम्मेलनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् । उनी जिल्लामा संगठनको पहिलो महिला अध्यक्ष बनेकी छन् ।

२३ सदस्यीय संगठनको उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सह–सचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन् ।

ओसन सुवेदी, दिक्षीका शाक्य, पीएसपी चाम्लीङ, नारायण आचार्य, जिवन आचार्य, शेरबहादुर दाहाल, नरबहादुर बस्नेत, सृजना लुईटेल, शुशिला बस्नेत (आचार्य), श्रृजना आचार्य, सन्जीब मुग्राती, प्रमेश झा, दिलबहादुर खत्री, दिनेश आचार्य, रितेश श्रेष्ठ, गिता रीजाल, नवराज राई लगायत सदस्य चयन भएका छन् ।

मणीराम ढकाल, तीर्थराज आचार्य, बिनोद राई, मन्दिरा घिमिरे, अगम विक र रामप्रसाद आचार्य केन्द्रीय प्रतिनिधि तथा विज्ञान राई, यादव धमला, नवराज पौडेल, कृष्ण आचार्य, उत्तरकुमार बजिमय र गणेश आचार्यलाई प्रदेश प्रतिनिधि चयन गरिएको संगठनले जनाएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघमा श्रेष्ठ 

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, खोटाङको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन् । दिक्तेलको समिक्षालय हलमा शनिबार राती सम्पन्न दोस्रो अधिवेशनबाट श्रेष्ठ संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

२५ सदस्यीय संगठनको उपाध्यक्षमा कौसल अधिकारी, महिला उपाध्यक्षमा अनिता भट्टराई, सचिवमा रामप्रसाद आचार्य, सह–सचिवमा सचिन श्रेष्ठ र कोषाध्यक्षमा सुशीला आचार्य चयन भएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १२ : ३२ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान