नागदहको सरसफाईमा जुटे स्थानीय व्यवसायी « Khabarhub

नागदहको सरसफाईमा जुटे स्थानीय व्यवसायी


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धापाखेल (ललितपुर)- स्थानीय व्यवसायीको पहलमा नागदहको सरसफाई सुरु भएको छ । जलकुम्भी झारले दह कुरुप बन्दै गएपछि स्थानीय व्यवसायी सफाई अभियानमा जुटेका हुन् ।

स्थानीय व्यवसायी उमेश केसी नागदह सफाई गरेर आन्तरिक पर्यटकको चलहपहल बढाउने बताउँछन् । उनले भने, ‘नागदहको सफाई लामो समयसम्म भएन । जलकुम्भीका कारण नागदहको सौन्दर्भमा असर पर्न थालेपछि हामी जुटेका हौं ।’

व्यवसायीले नागदहको जलकुम्भी चार दिनदेखि निकालिरहेका छन् । दुई जना मजदुरले डुंगाको सहायताले जलकुम्भी झार निकाल्न लगाइएको हो ।
उनका अनुसार नागदहको जलकुम्भी झार निकाल्न एक महिनाभन्दा बढी लाग्ने अवस्था छ ।

नागदह ढुंगा तथा स्थानीय पर्यटन व्यावसायी र नागदह सुधार समितिको संयोजनमा सरसफाई सुरु भएको हो । गरिएको हो । नागदहको सरसफाईका लागि बजेट नआएपछि आफूले जिम्मा लिएर सफाई गर्ने केसीले बताए ।

नजिकै सिजि हाउजिङले प्लटिङ गर्दा आएको माटोले नागदह पुरिने अवस्थामा पुगेको केसीले बताए । ललितपुर महानगर २४ वडाका वडाध्यक्ष दिनेश कार्कीले सहरी विकासको बजेटमा नागदह वरपर पर्खाल लगाउने काम भइरहेको पनि बताए । उनले भने, ‘नागदहको प्रर्वद्धनमा हामीले काम गरेका छौं ।’

केही समयअघि नागदहमा ढुंगा दुर्घटनापछि यस क्षेत्रमा पर्यटकीय गतिविधिमा कमी आएको छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १२ : ३४ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान