चैत १८ बाट राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने « Khabarhub

चैत १८ बाट राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल तेक्वान्दो संघले चैत १८ बाट १७ औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ ।

तेक्वान्दो संघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नसमेत यो प्रतियोगिताको आयोजन गर्न लागेको संघले जनाएको छ ।

२६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीहरूले सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष एवं आयोजक समिति अध्यक्ष भानबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगितामा सिनियर तथा जुनियर गरी २६ वटा वजन समूहमा प्रतिष्पर्धा हुने पनि उनले जानकारी दिए ।

प्रतियोगितामा करिब ३६ लाख रुपैयाँ खर्च हुने संघले जनाएको छ ।

प्रतियोगिता दुई दिन चल्ने छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १२ : १३ बजे

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र