पाकिस्तानको कराँचीमा बम विष्फोट हुँदा ३ चिनियाँसहित ४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको कराँचीमा बम विष्फोट हुँदा ३ चिनियाँसहित ४ जनाको मृत्यु


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको कराँची शहरमा बम विष्फोट हुँदा तीन चिनियाँ सहित चार जनाको मृत्यु भएको छ । विश्वविद्यालय परिसरमा रोकिरहेको भ्यानमा विष्फोट भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

कराँची विश्वविद्यालयमा भएको बम विष्फोटको श्रोतबारे अनुसन्धान भइरहेको विश्वविद्यालयका प्रवक्ता मोहम्मद फारुकले बताए । आक्रमण आत्मघाती शैलीको भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

कराँची प्रहरीका प्रमुख गुलाम नबी मेमनले सुरक्षा क्यामेराबाट लिइएको भिडियोमा बुर्का लगाएका व्यक्ति भ्यान नजिकै पुगेलगत्तै विष्फोट भएको देखिएको बताएका छन् ।

आक्रमणको जिम्मा हालसम्म कसैले पनि लिएको छैन ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : ३७ बजे

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि

मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली

गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा सभापति देउवाविरुद्ध चर्को नाराबाजी

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय