खुला टेनिस प्रतियोगिता: प्रदीप र प्रणव क्‍वाटरफाइनलमा « Khabarhub

खुला टेनिस प्रतियोगिता: प्रदीप र प्रणव क्‍वाटरफाइनलमा


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सअन्तर्गत  प्रदीप खड्का र प्रणव खनाल क्‍वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको खेलमा प्रदीपले आशिष खड्कालाई ७–६ र ६–२ तथा प्रणवले सक्षमविक्रम शाहलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे ।

स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३ र ६–३, सौगात विकले निजेज महर्जनलाई ६–० र ६–०, प्रणव मानन्धरले निसान श्रेष्ठलाई ५–७, ६–२ र ७–५, सन्तोष खत्रीले कुमार जिसीलाई ६–१ र ६–१, गौरवप्रताप शाहीले प्रमोदबहादुर थापालाई ६–० र ६–० तथा विवेक मगरले मनोज महर्जनलाई ६–० र ६–० को सेटमा हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, रोबर्ट जे. हान, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सन्तोष खत्री, राजेन्द्र श्रेष्ठ र सिमान्त गुरुङ क्वाटरफाइनलमा पुगे ।

काठमाडौँ जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, हरिबहादुर बस्नेत, शरण गुरुङ, गोपी भट्टराई, मनोज शाह, रोहित सुनुवार, महेश श्रेष्ठ र विमल गुरुङले क्वाटरफाइनल यात्रा तय गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु गुरुङ र लाक्पा छिरिङ शेर्पा, निरेशबहादुर श्रेष्ठल र सञ्जय अमात्य, राजु क्षेत्री र हेमराज ढकाल, डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार, रमेश्वर थापा र राजेश क्षेत्री तथा शिवप्रसाद सेढाईं र विभू कायश्थको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बसन्त प्रधानलाई ४–१ र ४–० ले सहजै पन्छाए ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : १५ बजे

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी

सरकार छाडेका महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

म्याग्दी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर

एमाले सचिव बस्नेतले भक्तपुर-२ मा दर्ता गराए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर २ मा उम्मेदवारी

‘फिल्म चलाउन भाडाका दर्शक ल्याएर रुवायो’ भन्ने आरोपबारे बोले बल्छी

काठमाडौं – पछिल्लो समय कलाकारहरु हलमा पुगेर दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया