काठमाडौं १३ मा एमाले र १७ नम्बरमा कांग्रेस विजयी « Khabarhub

काठमाडौं १३ मा एमाले र १७ नम्बरमा कांग्रेस विजयी


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतपरिणाम सार्वजनिक हुनेक्रममै छ। पछिल्लो मत परिणाम अनुसार महानगर-१३ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ।

वडा नम्बर १८ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भएका हुन्। वडा सदस्यमासमेत सबै एमालेका उम्मेदवार विजयी भएका छन्।

यस्तै हाठमाडौं महानगर १७ नम्बर वडामा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन्। मानन्धरले २७ सय ८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४ सय ३१ मत प्राप्त गरेका छन्।

काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ। काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्र स्थानमा छन्। उनले ५६ हजार बढी मत पाएका छन्। उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ। उनले ५४ हजार बढी मत पाएकी छन्।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ८ : १५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको