धनगढीका मेयर हमालले कार्यालय समयमा भेटघाट नगर्ने | Khabarhub Khabarhub

धनगढीका मेयर हमालले कार्यालय समयमा भेटघाट नगर्ने


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय छुट्याएका छन् ।

उनले भनेका छन्, ‘असार मसान्तको समय नजिकिएसँगै कार्यालयको काममा बढी व्यस्त रहनु पर्ने भएकोले भेटघाटको समय मेयर कक्षमा बिहान ८ बजेदेखि बिहान १० बजे सम्मलाई छुट्याइएको छ।’

त्यस्तै, उनले उद्घाटन तथा स्वागत सम्मानजस्ता काममा आफूलाई नअल्झाउन पनि आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समयआजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीवासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’

स्वतन्त्र उम्मेदवार हमालले कांग्रेसका नृपबहादुर वडलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ९ : २५ बजे

गाजामा राहत लिनेमाथि आक्रमण: १२ जनाको मृत्यु

गाजा – इरान र इजरायल युद्ध भइरहेको समयमा फेरि गाजामा

स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस

कार र गाँजा छाडेर भागेका फरार युवा एक महिना पछि पक्राउ

सुनसरी– प्रहरीले गाँजा तस्करीमा संलग्न भएको आरोपमा फरार भएका एक

पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

काठमाडौं–  नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा– मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार