छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दैलेख, अछाम, बर्दिया र बारामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

दैलेखको आठबिस नगरपालिका–२ सिस्नेस्थित सडकमा नेपालगन्जतर्फ जाँदै गरेको म.१ ख ६६० नम्बरको बस बुधबार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुल्लु नगरपालिका–९ बस्ने ३२ वर्षीय प्रेम सुनार समेत ३ जनाको घटनास्थलमै र १ जनाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका बसमा सवार २० जनालाई स्थानीय मेडिकल हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ टोट्केसालमा भे.१ त ८९३७ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा बुधबार ट्रयाक्टरमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सोही नगरपालिका–१ बस्ने ४२ वर्षीय अम्मर नाथ धमला र ३२ वर्षीय तारा धमलाको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बर्दियाको मधुवन नगरपालिका–४ मख्खन चोकमा लु.६२ प ४७३९ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना हुँदा चालक बासँगढी नगरपालिका–२ मदाहा बस्ने २५ वर्षीय आशिस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराको निजगढ नगरपालिका–९ गौरीशंकर क्याम्पसस्थित भित्री सडकमा बा.प्र–०३–००१ च ११४६ नम्बरको पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम आचार्य रहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  १२ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु