जुम्लामा सौर्य प्लान्टबाट विद्युत उत्पादन हुने | Khabarhub Khabarhub

जुम्लामा सौर्य प्लान्टबाट विद्युत उत्पादन हुने


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुम्लाको चन्दननाथ नगरपालिका स्थित खोपेचौरघुघुत्ती विद्युत गृहको चौरबाट सौर्य प्लान्टमार्फत् विद्युत् उत्पादन हुने भएको छ ।

त्यहाँ बिजुली आपूर्ति व्यवस्थापनका लागि एक हजार ५०० किलोवाट सोलार प्लान्ट राखिने भएको हो । सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिएको छ । 

जिल्लाको चन्दननाथ नगरपालिका–३ स्थित खोपचौरघुघुत्ती विद्युत गृह नजिकको चौरमा सौर्य प्लान्ट राख्नका लागि स्थान छनोट गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको लगानीमा सो प्लान्ट राख्नका लागि खोपेचौर र विद्युत गृह नजिक चौर छनोट गरी पठाएको विद्युत् वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।

जिल्लामा राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन । दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोडिएको छ ।

जिल्लामा अझै पनि सो क्षेत्रका सबै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन । 

 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : ५२ बजे

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर