जुम्लामा सौर्य प्लान्टबाट विद्युत उत्पादन हुने « Khabarhub

जुम्लामा सौर्य प्लान्टबाट विद्युत उत्पादन हुने


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुम्लाको चन्दननाथ नगरपालिका स्थित खोपेचौरघुघुत्ती विद्युत गृहको चौरबाट सौर्य प्लान्टमार्फत् विद्युत् उत्पादन हुने भएको छ ।

त्यहाँ बिजुली आपूर्ति व्यवस्थापनका लागि एक हजार ५०० किलोवाट सोलार प्लान्ट राखिने भएको हो । सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिएको छ । 

जिल्लाको चन्दननाथ नगरपालिका–३ स्थित खोपचौरघुघुत्ती विद्युत गृह नजिकको चौरमा सौर्य प्लान्ट राख्नका लागि स्थान छनोट गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको लगानीमा सो प्लान्ट राख्नका लागि खोपेचौर र विद्युत गृह नजिक चौर छनोट गरी पठाएको विद्युत् वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।

जिल्लामा राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन । दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोडिएको छ ।

जिल्लामा अझै पनि सो क्षेत्रका सबै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन । 

 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : ५२ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी