जुम्लामा सौर्य प्लान्टबाट विद्युत उत्पादन हुने « Khabarhub

जुम्लामा सौर्य प्लान्टबाट विद्युत उत्पादन हुने


१२ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुम्लाको चन्दननाथ नगरपालिका स्थित खोपेचौर र घुघुत्ती विद्युत गृहको चौरबाट सौर्य प्लान्टमार्फत् विद्युत् उत्पादन हुने भएको छ ।

त्यहाँ बिजुली आपूर्ति व्यवस्थापनका लागि एक हजार ५०० किलोवाट सोलार प्लान्ट राखिने भएको हो । सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिएको छ । 

जिल्लाको चन्दननाथ नगरपालिका–३ स्थित खोपचौर र घुघुत्ती विद्युत गृह नजिकको चौरमा सौर्य प्लान्ट राख्नका लागि स्थान छनोट गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको लगानीमा सो प्लान्ट राख्नका लागि खोपेचौर र विद्युत गृह नजिक चौर छनोट गरी पठाएको विद्युत् वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।

जिल्लामा राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन । दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोडिएको छ ।

जिल्लामा अझै पनि सो क्षेत्रका सबै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन । 

 

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : ५२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु